रासायनिक मलको वितरणमा उद्योग मन्त्रालयको कुनै भुमिका छैनः सचिव मरासिनी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भुमिका नभएको बताउनुभएको छ ।

रासायनिक मलको वितरणमा उद्योग मन्त्रालयको कुनै भुमिका छैनः सचिव मरासिनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भुमिका नभएको बताउनुभएको छ । 

सोमवार बसेको अर्थसमिति बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालय मातहतमा रहेको साल्ट टे«डिङले नेपालमा आयात हुने मध्ये ३० प्रतिशत आयात गर्ने नीति अनुसार साल्ट टे«डिङले मल आयात गर्ने गरेको बताउनु भयो । उहाँले कृषि मन्त्रालयको समितिले नै कुन प्रदेशलाई कति मल पठाउने निर्णय गर्ने बताउनु भयो । सचिव मरासिनीले भारतबाट जिटुजीमार्फत पेट्रोलियम पदार्थ जस्तो रासायनिक मल खरिद गर्न सम्भव नभएको बताउनु भयो । उहाँले भारतले पनि बाहिरबाट नै रासायनिक मल आयात गर्ने गरेको बताउनु भयो । उहाँले मल कारखाना स्थापना गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयको नभएको बताउनु भयो। उहाँले उद्योग मन्त्रालयले रासायनिक भन्दा पनि प्राङ्गरिक मलमा जोड दिने वा रैथाने बालीहरु कोदो,फापर,मकैमा जोड दिने नीति रहेको बताउनु भयो । 
उहाँले भारतले चामल निकासीमा प्रतिवन्ध लगाएको बताउनु भयो । उहाँले भारतले चामल निकासीमा प्रतिवन्ध लगाउँदा नेपाली बजारमा मूल्य बढ्न शुरु भएको बताउनु भयो । उहाँले नेपालीहरुको खानपान बानी व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो।

खबरपाटी
खबरपाटी