पोखरीमा एक युवकको शव फेला

महोत्तरीको भारतीय सीमावर्ती सम्सी–६ को पोखरीमा एक युवकको शव फेला परेको छ ।

पोखरीमा एक युवकको शव फेला

काठमाडौं । महोत्तरीको भारतीय सीमावर्ती सम्सी–६ को पोखरीमा एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार सोही  बस्तीका रामदयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो । 

पोखरी डिलमा चिप्लिएर महतोको मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि शव परीक्षण प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।  रासस

खबरपाटी
खबरपाटी