क्यानडामा खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
२५ भदौ २०८१, मङ्गलवार
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले दिएको ११८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको घरेलु टिम नेपालका लागि गुल्सन झाले अर्धशतक बनाएका छन् ।
गुल्सनले यूएईविरुद्ध लगातार दोस्रो पटक अर्धशतक बनाएका हुन् । गुल्सनले ७५ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।
यसअघि लिग टुको अन्तिम खेलमा ३११ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका गुल्सनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अर्धशतक बनाएका थिए । त्यो खेलमा गुल्सनले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ५० रन बनाएका थिए ।
त्यसपछि यूएईसँग खेलेको एसीसी प्रिमियर कपको फाइनलमा पनि अर्धशतक बनाएका हुन् ।