अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले हरायो

अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले हरायो

काठमाडौं ।अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुँदै १५१ रन मात्र बनाएको थियो। इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए। त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्वाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २(२ विकेट लिएका थिए।

यस अघिपहिला ब्याटिङ गरेको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुँदै १७९ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१,  जोश इंगलिसले ३७ रन बनाएका थिए। त्यसै गरी इङल्याण्डका बलर लियाम लिभिङस्टोनले सर्वाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २(२ विकेट लिएका थिए।

यो जितपछि ३ खेलमा टी( २० सिरिजमा अस्ट्रेलिया १(० ले अगाडी भएको छ। अब दोस्रो खेल शुक्रबार हुने तालिका छ।

खबरपाटी
खबरपाटी