आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सप्तरीमा एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेकी छिन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साहले शुक्रबार आफनै शरीरमा आगो लगाएर आत्मदाह गरेकी हुन् ।
उनले घरमा कोही नभएको मौका हेरी घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजुदेवीलाई शौचालयमा शरीर जलेर मृत्यु भएको अवस्थामा फेला पारिएको छ ।
उनले शरीरमा आगो लगाउनुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।