नागढुंगा सडकमा अलपत्र भारतीय चालक–सहचालकलाई निःशुल्क खाना खुवाउँदै स्थानीय

नागढुंगा सडकमा अलपत्र भारतीय चालक–सहचालकलाई निःशुल्क खाना खुवाउँदै स्थानीय

काठमाडौं - बाढीपहिरोका कारण नागढुंगा सडकखण्डमा अलपत्र परेका भारतीय चालक तथा सहचालकलाई स्थानीय समुदायले निःशुल्क खाना खुवाउन थालेका छन्।

नागढुंगा युवा क्लब, चन्द्रागिरि नगरपालिका वडा नम्बर २ कार्यालय, प्रहरी प्रभाग नागढुंगा तथा स्थानीयवासीको संयुक्त सहयोगमा सडकमा रोकिएका भारतीय चालक तथा सहचालकलाई निःशुल्क भोजनको व्यवस्था गरिएको हो।

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रामा रहेका चालक तथा सहचालक अलपत्र परेपछि उनीहरूको दैनिक खानपानमा समस्या नहोस् भन्ने उद्देश्यले स्थानीयस्तरबाट सहयोग अभियान सञ्चालन गरिएको आयोजकहरूले बताएका छन्।

विपद्को कठिन परिस्थितिमा विभिन्न क्षेत्रबाट आएका चालक तथा सहचालकलाई आवश्यक सहयोग गर्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरिएको स्थानीयवासीहरूले बताएका छन्।

खबरपाटी
खबरपाटी