आज सुन तोलामा २४ सय रुपैयाँले घट्यो

आज सुन तोलामा २४ सय रुपैयाँले घट्यो

काठमाडौं -  नेपाली बजारमा आव सुनको मूल्य घटेको छ। आज सुन तोलामा २४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ। जुन आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

खबरपाटी
खबरपाटी