भोटेकोशी बाढीप्रति ट्रम्पको दुःख, नेपाललाई आपत्कालीन सहयोग घोषणा

भोटेकोशी बाढीप्रति ट्रम्पको दुःख, नेपाललाई आपत्कालीन सहयोग घोषणा

काठमाडौं – भोटेकोशीको भीषण बाढीले जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग पठाउने घोषणा गरेका छन्। 

भीषण बाढीका कारण पक्की घर तथा संरचनाहरूसमेत सलाईको काँटीजस्तै बगेर नष्ट भएको भन्दै उनले स्थिति अत्यन्तै हृदयविदारक रहेको बताए। 

 अमेरिकी सरकारले संकटको यस घडीमा नेपाल सरकार र प्रभावित जनतालाई सहयोग गर्न तत्काल आपत्कालीन सहायता उपलब्ध गराउने जनाएको छ। 

बाढीरो प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको सुरक्षा अवस्थाबारे पनि अमेरिकी अधिकारीहरूले नजिकबाट समन्वय र निगरानी गरिरहेका छन्। गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीमा झण्डै ४ सयको मृत्यु भइसकेको  छभने सयौँ नागरिक तथा विदेशी पर्यटकहरू बेपत्ता रहेका छन्। 

बाढीले हजारौ घर बगेका छन्। पुल, जलविद्युत् आयोजना र सडक पूर्ण रूपमा क्षति पुर्‍याएको छ।  राष्ट्रपति ट्रम्पले अमेरिकाले नेपाल सरकारसँग सम्पर्क गरी जुनसुकै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन्। 

यसैबीच अमेरिकी विदेश मन्त्रालयले उद्धार र राहत कार्यमा सघाउन आपत्कालीन टोली र सहायता रकम नेपाल पठाउने प्रक्रिया सुरु गरिसकेको छ।  

खबरपाटी
खबरपाटी