आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र अवरुद्ध सडक पुनःसञ्चालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली ‘सेतु र्यापिड’ सञ्चालनमा ल्याएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको हो ।
यो प्रणालीले उद्धारकर्मी, कमान्ड सेन्टर तथा मैदानमा खटिएका गाडी र अपरेटरहरूलाई एउटै ‘लाइभ नक्सा’ मा जोड्ने वेबसाइटमा उल्लेख छ । सेतु र्यापिड प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने सुविधा छ ।
प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमान्ड सेन्टरको स्क्रिनमा पुग्ने र त्यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घट्नास्थलतर्फ तैथान गराउन सकिने सरकारले जनाएको छ ।