अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने

अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं – अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ। मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ।

अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्यअन्तर्गत उक्त रकम उपलब्ध गराउने भएको हो। सहयोगबाट बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी दूतावास काठमाडौंले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।

खबरपाटी
खबरपाटी