नुवाकोटका गोविन्द प्रसाद लामिछाने बेपत्ता, खोजी तथा उद्धारका लागि अपिल

नुवाकोटका गोविन्द प्रसाद लामिछाने बेपत्ता, खोजी तथा उद्धारका लागि अपिल

नुवाकोट - नुवाकोटको विदुर नगरपालिका–७, टुप्चेका गोविन्द प्रसाद लामिछाने बेपत्ता हुनुभएको छ। उहाँको अवस्था हालसम्म अज्ञात रहेकाले परिवारजन तथा स्थानीयले तत्काल खोजी तथा उद्धारका लागि सहयोगको अपिल गरेका छन्।

उहाँलाई देख्नुभएका वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएका व्यक्तिले सम्बन्धित परिवार वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

बेपत्ता लामिछानेको खोजी तथा उद्धारका लागि सबै सरोकारवाला निकाय तथा स्थानीयवासीलाई सहयोग गरिदिन पनि अपिल गरिएको छ।

खबरपाटी
खबरपाटी