नाइमा मोबिलिटी एक्स्पोमा ७५ सयभन्दा बढी गाडी बुकिङ, २० अर्बको कारोबार हुने अनुमान

नाइमा मोबिलिटी एक्स्पोमा ७५ सयभन्दा बढी गाडी बुकिङ, २० अर्बको कारोबार हुने अनुमान

काठमाण्डौ — काठमाण्डौको भृकुटीमण्डपमा गएको मंगलवारदेखि हिजो आइतवारसम्म चलेको नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै गाडी पनि उल्लेखनीय रूपमा बुकिङ भएका छन् ।

नाइमाका अनुसार १ लाख ८० हजारले एक्स्पोको अवलोकन गरेका छन् । एक्स्पोमा झण्डै ५५ सय चार पांग्रे र २ हजारको हाराहारीमा दुई पांग्रे बुकिङ  भएका छन् ।

बुकिङ भएका सबै गाडी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । व्यवसायीका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा सबैभन्दा बढी बुकिङ हुने चारपांग्रे गाडीमा बीवाईडी, टाटा, चेरी रहेका छन् ।

त्यसबाहेक वुलिङ, किया, महिन्द्रा, हुन्डाई, एमजी, लिपमोटर तथा दुईपांग्रेमा एथर, ट्राइम्फ, रोयल इन्फिल्ड, याडिया, सी एक्सको सबैभन्दा बुकिङ भएका छन् ।

नाइमा एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल लञ्च भएका थिए भने १८ लाख रुपैयाँदेखि झण्डै ४ करोड रुपैयाँका गाडी राखिएका थिए । आयोजकका अनुसार एक्स्पोमा ३० देखि ३५ लाखका गाडीमा अवलोकनकर्ताको बढी आकर्षण रहेको थियो ।

खबरपाटी
खबरपाटी