सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बीओपीमा पूर्वाधार निर्माण प्राथमिकतामा छ : गृहमन्त्री गुरुङ

सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बीओपीमा पूर्वाधार निर्माण प्राथमिकतामा छ : गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बीओपी) मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन्। 

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको भन्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताए।

उनले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गर्ने बताए। उनले सरकारले चालु आर्थिक वर्र्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत बताए।

‘धेरै जस्तो सीमावर्ती नाकाहरुमा प्रहरी बस्नको लागि टहरा, जस्ता, भत्किनै लागेको बिल्डिङ, चुहिने छाना छ। अनि प्रहरीले रातभर ड्युटी गर्नुपर्ने अवस्था छ। यस्तो समस्या प्रहरीले भोगिरहेका छन्’, उनले भने, ‘ती समस्या समाधान गर्नको लागि हामीले बल्ल बजेट पाएका छौँ। अस्तिसम्म हामीले पुरानै बजेटले काम गरिरहेका थियौँ। विनियोजित बजेट कार्यान्वयन गर्ने चरणमा अहिले हामी पुगेका छौँ। त्यसकारण सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउनको लागि बोर्डर आउट पोस्ट (बीओपी)हरूमा पूर्वाधार निर्माण गर्ने योजनाहरू यसमा छ।’

गृहमन्त्री गुरुले सीमा स्तम्भ सुरक्षाको विषयमा समेत आफू गम्भीर रहेको बताए। 

खबरपाटी
खबरपाटी