सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जना लागुऔषध कारोबारी नियन्त्रणमा लियो

सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जना लागुऔषध कारोबारी नियन्त्रणमा लियो

काठमाडौँ – सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ। करिब साढे पाँच बजेतिर उनीहरूलाई नियन्त्रणमा लिन सात राउण्ड गोली चलाएको हो।

लागूऔषध नियन्त्रण ब्यूरोकोटोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रमेश पालले थाहाखबरलाई जानकारी दिए ।

पक्राउ परेकामध्ये ५ भारतीय र १ नेपाली छन्। उनीहरूको साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

खबरपाटी
खबरपाटी