आयल निगमको मूल्य कटौतीपछि आन्तरिक हवाई भाडामा राहत, सरचार्ज घटाइयो

आयल निगमको मूल्य कटौतीपछि आन्तरिक हवाई भाडामा राहत, सरचार्ज घटाइयो

हवाइ इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन ‘सरचार्ज’मा कटौती गरेको छ।

आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी बुधबारदेखि लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। 

प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेशकुमार महतले संशोधित हवाई भाडा दर इन्धन सरचार्ज बुधबारदेखि नै अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।यो निर्णय उल्लङ्घन गर्ने वा नयाँ भाडा दर लागू नगर्ने वायुसेवा कम्पनीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।

नयाँ दरअनुसार सुगम र दुर्गम दुवै क्षेत्रको उडान भाडामा उल्लेख्य गिरावट आएको छ। नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत ४० ले घटाएर प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको थियो। घटेको मूल्यका आधारमा प्राधिकरणले नयाँ इन्धन ‘सरचार्ज’ दर स्वीकृत गरेको हो।

खबरपाटी
खबरपाटी