अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० वटा भन्दा धेरै सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० वटा भन्दा धेरै सुँगुर/बङ्गुर मरे

काठमाण्डौ - अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० वटा भन्दा धेरै सुँगुर/बङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट अहिलेसम्म २५० भन्दा धेरै सुँगुर/बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

 केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६, मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् ।

त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई हप्ताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो । बाँकी अन्य किसानको फार्मका सुँगुर/बङ्गुर पनि सङ्क्रमणका कारण मरेका छन् । गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो ।

सङ्क्रमित क्षेत्रमा जैविक सुरक्षा उपाय नअपनाउँदा तथा दाना र औषधिमार्फत पनि यो रोग सर्न सक्छ । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण भएपछि सुँगुर/बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने हुन्छ ।   

खबरपाटी
खबरपाटी