नेदरल्याण्ड्स र मोरक्कोबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

नेदरल्याण्ड्स र मोरक्कोबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं -  फिफा विश्वकप राउन्ड अफ ३२ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको नेदरल्याण्ड्स र मोरक्कोबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। 

दुवै टोलीले केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि गोल गर्न भने सकेनन् र पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको हव् ।  

डच टोली समूह एफको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। विश्वकपका पछिल्ला १५ खेलहरूमा नेदरल्याण्ड्स निर्धारित समयमा पराजित भएको छैन।

सन् २०२२ को विश्वकप सेमिफाइनलिस्ट मोरक्को समूह सीमा बलियो ब्राजिलसँग बराबरी खेल्दै उपविजेताका रूपमा नकआउट चरणमा आइपुगेको हो।

यो खेलको विजेता टोलीले क्वाटरफाइनल प्रवेशका लागि ुराउन्ड अफ १६ मा क्यानाडाको सामना गर्नेछ। क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरिसकेको छ। 

 

खबरपाटी
खबरपाटी