बिहीबार सुन(चाँदीको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुन(चाँदीको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ घटेको छ। 

बुधबार तोलामा तीन हजार ६ सय रूपैयाँ र यसदिन प्रतितोला पाँच हजार दुई सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ तोलामा आठ हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला चार हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ५० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी