काठमाडौं – देशका केही भूभागमा आज वर्षा हुनेछ। हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेकोछ भने केही केही स्थानमा तातो दिन हुनेछ। मनसुन सबैतिर नफैलिँदा केही स्थानमा तातो दिन हुने पूर्वानुमान छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।
मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर चल्नेछ। वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ।
विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।
मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ। अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।