रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि शुरू हुने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि शुरू हुने

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि शुरू हुने भएको छ । हिजो बिहान साढे ८ बजेदेखि शुरू गर्ने भनिएको बन्दसत्र १ दिन ढिलाइ भएको हो ।
रास्वपा चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र शुरू हुनेछ । केहीबेर अघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य शुरू भएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको हो ।
भरतपुरमा रहेको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । महाधिवेशनका निम्ति ३ हजार ८४९ जना प्रतिनिधि कायम भएका छन् ।

खबरपाटी
खबरपाटी