ललितपुर महानगरले ल्यायो डिजिटल जरिवाना व्यवस्थापन प्रणाली

ललितपुर महानगरले ल्यायो डिजिटल जरिवाना व्यवस्थापन प्रणाली

काठमाण्डौ – ललितपुर महानगरपालिकाले डिजिटल जरिवाना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ । आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ ‘ई–चलान’ कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ ।
प्रणालीको आज औपचारिक उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरलाई ‘स्मार्ट सिटी’ बनाउने अभियानअन्तर्गत ‘स्मार्ट स्ट्रीट लाइट’ र ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ पछि यो अर्को महत्त्वपूर्ण कदम भएको बताउनुभयो ।
यो प्रणाली लागू भएसँगै अब ट्राफिक नियम उल्लङ्घन गर्ने वा जथाभाबी पार्किङ गर्नेहरूले जरिवाना तिर्न महानगरको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ । अब उल्लङ्घनकर्ताले घटनास्थलमै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन् । 

खबरपाटी
खबरपाटी