सुन तोलाको २ लाख ९८ हजार २ सय  रुपैयाँ पुग्यो

सुन तोलाको २ लाख ९८ हजार २ सय  रुपैयाँ पुग्यो

आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १ सय २० रुपैयाँले बढेको छ । आज चाँदी १ सय २० रुपैयाँले बढेर तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो पनि सुनको भाउ बढेको थियो । हिजो सुनको भाउ तोलामा १ हजार २ सय  रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको थियो । 

खबरपाटी
खबरपाटी