राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको कुल सात अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सोमबार सूचना जारी गर्दै आगामी ३६६ दिनका लागि उक्त रकम लगानी गर्न प्रस्ताव आह्वान गरेको हो ।

राष्ट्र बैंकले कुल लगानी योग्य सात अर्ब रुपैयाँलाई तीन वर्गका वित्तीय संस्थाहरूमा मुद्दतीमा राख्न आग्रह गरेको छ । जसअन्तर्गत वाणिज्य बैंकहरूमा पाँच अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा एक अर्ब पाँच करोड रुपैयाँ, राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । यस लगानीको अवधि २०२६ जुन १९ देखि २०२७ जुन १९ सम्म ३६६ रहने उल्लेख छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर खुलाइ असार ४ गते साँझ ७ बजेभित्र इमेलमार्फत आवेदन दिनुपर्नेछ । आवेदन दिँदा पासवर्ड प्रोटेक्टेड फाइल पठाउनुपर्ने र उक्त फाइलको पासवर्ड असार ४ गते बिहान १० बजेभित्र छुट्टै इमेल मार्फत उपलब्ध गराउनुपर्नेछ । प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकले तोकेका विभिन्न मापदण्डहरू पूरा गरेको हुनुपर्नेछ । 

खबरपाटी
खबरपाटी