संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट मन्त्रिपरिषदबाट स्वीकृत

संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं - सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

सरकारले स्वीकृत गरेको बजेट आज बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्दै छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

खबरपाटी
खबरपाटी