सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक कमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं - मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ । बजार १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेको छ ।

आज कुल १ करोड ३० लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ भने कारोबार रकम ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

आजको बजारमा ४८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्य भने स्थिर रहेको देखिएको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ३७ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

त्यसैगरी रिलायन्स स्पिनिङ मिल्समा ३० करोड १९ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरमा २३ करोड ४१ लाख रुपैयाँ, होटल फरेस्ट इनमा २२ करोड २३ लाख रुपैयाँ र एसवाई प्यानलमा १८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

खबरपाटी
खबरपाटी