काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दाको आज पनि सुनुवाइ हुँदैछ ।
शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा हिजोदेखि सुनुवाइ जारी छ । हिजो हेर्दाहेर्दैमा छाडिएको थियो । हिजो रिट निवेदक (देउवा) पक्षका वकिलहरू र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका छन् ।
आज गगन-विश्वतर्फका वकीलले बहस गर्ने छन् । त्यसपछि जवाफी बहस हुनेछ । सम्भवत: आजै आदेश आउने सम्भावना रहेको कानुन व्यवसायीले बताएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्णय निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको छ ।
उक्त मुद्दा विचाराधीन रहेको अवस्थामा १५ औँ महाधिवेशनको कार्यतालिका ल्याइएको र सदस्यता खुलाउने निर्णयविरुद्ध तत्कालीन कावा सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका छन् ।