प्रधानमन्त्री शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज दिउँसो मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन्। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री शाहले छलफल गर्न लागेका हुन्।

मुख्यमन्त्रीहरूका कुरा सुन्ने गरी प्रधानमन्त्री शाहले छलफलको आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीमा इन्द्र बानियाँ, मधेसका कृष्णप्रसाद साह र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की छलफलमा सहभागी हुनेछन्।

मुख्यमन्त्रीहरूको कुरा सुन्न नै छलफलको आयोजना गरिएको र प्रधानमन्त्रीले सरकारका प्राथमिकता, दृष्टिकोणबारे कुरा राख्ने बजगाईले जानकारी दिए। 

प्रधानमन्त्री संघीयतालाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षमा छन्। त्यसका लागि आवश्यक कानुनी, नीतिगत र प्राथमिकतालगायत क्षेत्रमा आवश्यक सुधार गर्न प्रधानमन्त्री कार्यालय तत्पर देखिएको सचिवालयको भनाइ छ।

 

 

खबरपाटी
खबरपाटी