एकताबद्ध भएर अघि बढ्न एमाले नेता–कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

एकताबद्ध भएर अघि बढ्न एमाले नेता–कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ  -  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकताबद्ध भएर अघि बढ्न एमाले नेता–कार्यकर्तालाई आग्रह गरेकी छिन्।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिता, स्वतन्त्र र लोकतन्त्रमाथिनै प्रश्न उठने अवस्था आएकाले त्यसलाई जोगाउनसिंगो एमाले पंक्ति एकताबद्ध भएर अघि बढनुपर्ने अवस्था आएको तर्क गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले अनुभव नभएका नयाँ पार्टीहरुको उदयले मुलुकमाथि थुप्रै प्रश्नहरु खडा भएकाले पनि त्यसलाई जोगाउनका लागि एमाले नेता, कार्यकर्ताहरुले सक्रियतापूर्वक देश र जनताको पक्षमा गम्भिरतापूर्वक काम गर्नुपर्ने बेला आएको बताइन्।

‘अहिले परिस्थिति बदलिएको छ। खास गरेर सिनियर राजनीतिक दलहरुको बीचमा अहिलेको यो विशेष परिस्थितिको निर्वाचनले, यो परिणामले सोचनीय स्थिति बनाएको छ’, उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनले पुराना राजनीतिक दलहरुलाई सोचनीय भएर सावधानीपूर्वक आफ्ना गतिविधि अघि बढाउनुपर्ने अवस्थामा पु¥याएको समेत बताइन्।

‘अनुभव नभएको नयाँ पात्रहरुको आगमनले गर्दाखेरी एउटा ठूलो प्रश्न चिन्ह अव के हुने हो?  उनले भनिन्, ‘हाम्रो राष्ट्रिय परिस्थिति के हुने हो, भन्ने धेरै कुरा हाम्रो राष्ट्रिय एकताका कुराहरुमा, हाम्रो स्वाभिमानको कुरामा, हाम्रो सार्वभौमिकताको कुरामा, हाम्रो भालिका जनजीविकाका कुरामा, अरु पनि प्रश्नहर" यहाँ उठिराखेका छ ।’ 

खबरपाटी
खबरपाटी