रास्वपा संसदीय दलको बैठक आज बस्दै

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार, दिउँसो सवा १२ बजे बस्नेगरि बैठक बोलाइएको हो। 

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विविध विषयमा छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए। संसदीय समितिको निर्वाचन भोलि हुँदैछ। त्यसका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। 

खबरपाटी
खबरपाटी