आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – काठमाडौँ उपत्यकामा आज (मंगलबार)देखि रात्रि बस सेवा सञ्चालन हुने भएको छ। काठमाडौँ महागनरका कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार दुई वटा रूटमा रात्रिबस सेवा सञ्चालन हुने छ।
साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्। यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उपमेयर डंगोलले बताएकी छन्।
बसमा सुरक्षाका लागि एक जना नगर प्रहरी रहने छन्। प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ। बस सेवा ललितपुर महानगर, चन्द्रागिरि र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो।