आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको छ।
दुई हप्ताभन्दा बढी समयदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीको यसअघि परीक्षणमा पेटमा पित्तथैलीको पत्थरी देखिएको थियो। त्यही पत्थरी चिकित्सकहरूले आज शल्यक्रिया गरेर निकालिदिएका हुन्।
ओलीको उक्त शल्यक्रिया उनको निजी चिकित्सक प्राडा दिव्या सिंह शाहको नेतृत्वमा अस्पतालकै सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट (जीआई) सर्जन प्रा.डा. पलेस्वाँ जोशी लाखेको टिमले गरेको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराले बताए।
उनका अनुसार भर्खरै ओलीको शल्यक्रिया सकिएको छ। उनले भने, ‘उहाँको शल्यक्रिया भर्खरै सकिएको छ र शल्यक्रिया राम्रो पनि भएको चिकित्सकहरूले बताउनु भएको छ’ रोस्याराले भने।