आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार चौथो जित

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार चौथो जित

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ।

शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ६ विकेटले हराउँदै राजस्थान विजयी भएको हो।

आरसीबीले दिएको २ सय २ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो। राजस्थानका लागि ध्रुव जुरेलले ८१ र वैभव सूर्यवंशीले ७८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, रविन्द्र जडेजाले २४ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो।

आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले। यस्तै, विराट कोहली ३२, वेंकटेश अय्यरले २९ रन बनाए।

राजस्थानका लागि जोफ्रा आर्चर र रवि बिश्नोईले २–२ विकेट लिए। यो जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ। पराजित भएको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ।

खबरपाटी
खबरपाटी