प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ र लुम्बिनी तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुँदैछ।

सशस्त्र र लुम्बिनी प्रदेशबीच नारायणी क्रिकेट रंगशाला बीरगन्जमा जारी खेलमा टस जितेको एपीएफले ब्याटिङ गरिरहेको छ। 

खेलमा एपीएफ दोस्रो जितको खोजिमा रहेको छ। तालिकाको सातौं स्थानमा रहेको एपीएफले चार खेलमा एक जित र दुई हारसहित तीन अंक जाडेको छ भने एक खेल रद्द भएको थियो। 

लुम्बिनी पनि दोस्रो जितको खोजीमा रहनेछ। समान खेल खेल्दा लुम्बिनीले पनि एक जित र दुई हारसहित तीन अंक जोडेको छ। लुम्बिनीको पनि एक खेल रद्द भएको थियो। 

यसैगरी आजै जनकपुरको रामजानकी बहुउद्देश्यीय क्रिकेट रंगशालामा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। जारी खेलमा बागमती दोस्रो जितको खोजीमा हुनेछ। तालिकाको आठौं स्थानमा रहेको बागमतीले चार खेलबाट एक जित र तीन हारसहित दुई अंक जोडेको छ। 

पाँच खेल खेलिसकेको कर्णालीले जितको खाता अझै खोल्न सकेको छैन। पहिलो जितको खोजीमा रहेको कर्णाली खेल रद्द भएपछि प्राप्त गरेको एक अंकसहित तालिकाको पुछारमा रहेको छ।

खबरपाटी
खबरपाटी