खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं – खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो ।  पाँच जना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ । 

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । घाइतेको गोडा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।  केपिलासगढी गाउँपालिका २ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको गोडा भाँचिएको र अन्य सकुशल रहेको अवस्था छ,'' कँडेलले भनिन् । 

खबरपाटी
खबरपाटी