काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईले अमेरिकाले गर्ने कुनै पनि आक्रमणले मध्यपूर्वमा ‘क्षेत्रीय युद्ध’ सुरु गराउने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्र इरानमाथि सैन्य हमला गर्ने धम्की दिइरहेका बेला खामेनेईको आइतबार भने, “यदि उनीहरूले युद्ध सुरु गरे भने, यसपटक क्षेत्रीय युद्ध हुनेछ भन्ने अमेरिकीहरूले बुझ्नुपर्छ ।”
यस्तो बाताएका हुन् । यसले दुई देशबीचको तनावलाई थप उत्कर्षमा पुर्याएको छ ।
खामेनेईको यो टिप्पणी हालसम्मकै सबैभन्दा प्रत्यक्ष धम्की मानिएको छ । अमेरिकी विमानवाहक पोत ‘यूएसएस अब्राहम लिंकन’ र अन्य युद्धपोतहरू अहिले अरब सागरमा तैनाथ छन् । इरानमा हालै भएका प्रदर्शनहरूमाथि सरकारले गरेको दमनपछि ट्रम्पले ती जंगी युद्धपोतलाई त्यस क्षेत्रमा पठाएको थिए ।
खामेनीले भने, “हामी उत्तेजना फैलाउने पक्षमा छैनौँ र कुनै पनि देशमाथि आक्रमण गर्न चाहँदैनौँ । तर, इरानी राष्ट्रले आफूमाथि हमला गर्ने वा दुःख दिने जोकोहीलाई पनि कडा जवाफ दिनेछ ।”
वार्ताको सम्भावना र ट्रम्पको दाबी
यसैबीच, ट्रम्पले इरानमाथि सैन्य बल प्रयोग गर्ने वा नगर्ने भन्नेबारे अझै स्पष्ट संकेत दिएका छैनन् । उनले बारम्बार इरान वार्ताका लागि इच्छुक रहेको दाबी गर्दै आएका छन् । ट्रम्पले तेहरानको परमाणु कार्यक्रमलाई मुख्य मुद्दाको रूपमा उठाउँदै त्यसलाई समाधान गर्न चाहेको बताएका छन् ।
अमेरिकी युद्ध जेटले गरे इरान नजिकै सैन्य अभ्यास
इरानले रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्मुज जलडमरूमध्य’मा आइतबार र सोमबार सैन्य अभ्यासको योजना बनाएको छ ।
यो खाडीको यस्तो संकुचित मार्ग हो, जहाँबाट विश्वको कुल तेल व्यापारको पाँचौँ हिस्सा ओसारपसार हुन्छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यस अभ्यासका क्रममा आफ्ना युद्धपोत, विमान वा व्यापारिक यातायातमा अवरोध पुर्याउने कुनै पनि गतिविधि नगर्न इरानलाई कडा चेतावनी दिएको छ ।