भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित

भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।

९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।

 

खबरपाटी
खबरपाटी