कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी रहेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हाल बैठक जारी रहेको हो । महाधिवेशन सम्बन्धी जारी विवादकाबीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस अघि बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ।

सोही सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए। संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ । उनीहरुले विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् ।

बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको हो । पार्टीभित्रको यो विवादले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व र रणनीतिमा प्रभाव पार्ने देखिन्छ ।

खबरपाटी
खबरपाटी