काठमाडौं - प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
जेनजी युवाको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भन्दा बाहिर गएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएकाले नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता डा। पुण्यप्रसाद खतिवडाले आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो।अधिवक्ता खतिवडाले रिटमा पूर्वप्रधानन्यायाधीश भएको व्यक्ति अहिलेको संविधानले प्रधानमन्त्री बन्न नमिल्ने उल्लेख गर्नुभएको छ। साथै राष्ट्रपति पौडेलले संविधानको पालना नगरेको,अहिलेको यो अवस्थामा नेपाली सेना पनि जिम्मेवार रहेको, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई समेत रिटमा विपक्षी बनाइएको छ।
अहिलेको संविधान मान्ने हो भने पूर्वप्रधानन्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री हुन पाउँदैनन्, संविधानको धारा ८० अन्तर्गत सपथ पनि खाने र यो छट्टै परिस्थितिमा सरकार गठन भएको भन्नु एक(अर्कामा विरोधाभास हो भएको उहाँको भनाइ छ।राष्ट्रपतिबाट गत भदौ २७ मा प्रधानमन्त्रीमा नियुक्त भई धारा ८० बमोजिम सपथ लिएकी सुशीला कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६र१३२ ९२०को समेत ठाडो उल्लंघन भएकाले बदरभागी भएको रिट निवेदनमा उल्लेख गरिएको छ ।