काठमाडौँ उपत्यकाको फोहोर अवरोध हटाउनेबारे बसेको वार्ता विना निष्कर्ष टुंगियो

काठमाडौँ उपत्यकाको फोहोर अवरोध हटाउनेबारे बसेको वार्ता विना निष्कर्ष टुंगियो

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर अवरोध हटाउनेबारे बसेको वार्ता विना निष्कर्ष सकिएको छ। 

विगतमा भएका सहमति कार्यवन्यन नभएको भन्दै बन्चरेडाँडाका स्थानीयले हिजोदेखि फोहोरका गाडी रोकेपछि सरकारले भोलिपल्टै आज वार्ता थालेको हो। 

सहरी विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा आज भएको छलफल कुनै समाधनको विन्दुमा नपुगी सकिएको छ।

बन्चरेडाँडा प्रभावित क्षेत्रका स्थानिय जनप्रतिनिधि र सरोकारावालाहरुले सहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएसम्म समधान नहुने अडान लिएपछि करिब ३ घण्टा भएको छलफल विना निष्कर्ष सकिएको हो। 

खबरपाटी
खबरपाटी