आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ।
बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन्।
पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरेका जनाइएको छ।
एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा)सँग पनि एकता गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ।
तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल, रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन्।