मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिक ढुंगाहरू खस्दा सवारी आवागमन अवरुद्ध भएको छ । बिहान करिब ८:४५ बजे ढुंगा खसेपछि सडक पूर्णरूपमा बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार ढुंगा खस्ने क्रम रोकिएपछि मेसिन प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिनेछ । हाल भने सुरक्षाको दृष्टिले यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको छ ।

वर्षात्को समयमा उक्त क्षेत्रमा बारम्बार पहिरो खस्ने जोखिम उच्च रहने भएकाले सडक प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सबै यात्रु र चालकलाई सडक डिभिजनले आग्रह गरिएको छ ।

खबरपाटी
खबरपाटी