बीपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक

बीपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक

काठमाडौं – बीपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।

प्रशासनका अनुसार, हिजो साँझ ५ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो । आज पनि साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म बीपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा रोक लगाइएको छ । 

भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ । 

खबरपाटी
खबरपाटी