काठमाडौंमा आज दिनभर मौसम बदली हुने : बिहानैबाट फाट्टफुट्ट वर्षा

काठमाडौंमा आज दिनभर मौसम बदली हुने : बिहानैबाट फाट्टफुट्ट वर्षा

काठमाडौं –  काठमाडौंमा आज दिनभर मौसम बदली हुने भएको छ । बिहानैदेखि बदली भएको मौसम दिनभर पनि जारी रहनेछ । 

काठमाडौंमा बिहानैबाट फाट्टफुट्ट वर्षा सुरु भएको छ । “काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । दिनभर यस्तै मौसम रहनेछ,” मौसमविद् डेबिड ढकाल भन्छन्, “काठमाडौंमा आज हल्का वर्षा हुनेछ ।” 

हल्का वर्षा भए पनि दिनभर भने वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । केही समय पानी पर्ने र रोकिनेक्रम दिनभर चल्ने उनले जानकारी दिए । 

मौसमविद् ढकालका अनुसार काठमाडौंमा भोलि, पर्सि भने वर्षाको सम्भावना छैन । 

काठमाडौंसँगै आज देशभर मौसम बदली रहेको उनले बताए । केही स्थानमा भने काठमाडौं बाहिर पनि वर्षा सुरु भइसकेको छ । 

उच्च पहाडी र हिमाली क्षेत्रमा आज भारी हिमपातको समेत सम्भावना छ ।

खबरपाटी
खबरपाटी