ईंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदै

ईंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदै

काठमाण्डौ – ईंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज चेल्सी र सन्डरल्याण्ड, न्यूक्यासल र फुलहम, म्यानचेस्टर युनाइटेड र ब्राइटन तथा ब्रेन्टफ्रोर्ड र लिभरपुलबीच खेल हुनेछ ।

चेल्सी र सन्डरल्याण्ड तथा न्यूक्यासल र फुलहमको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे, म्यानचेस्टर युनाइटेड र ब्राइटनको राति सवा १० बजे तथा ब्रेन्टफ्रोर्ड र लिभरपुलको खेल आजराति पौने १ बजे रहेको छ ।

गएराति भएको खेलमा लिड्स युनाइटेडले वेस्टह्यामलाई २–१ गोलले हरायो । अंक तालिकामा आर्सनल शीर्ष, म्यानचेस्टर सिटी दोस्रो र लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

खबरपाटी
खबरपाटी