ढाकामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा आगलागी

ढाकामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा आगलागी

बङ्गलादेशको राजधानी ढाकामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा हिजो ठूलो आगलागी भएपछि सबै उडान अवरूद्ध भएकोमा सञ्चालनमा आएका छन् ।  विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा केहि समय अवरुद्ध बनेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो शुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको थियो ।

बङ्लादेशको ‘द डेली स्टार’ पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै कतिपय उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको उल्लेख गरेको छ । स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जनालाई सामान्य चोट लागेपछि अस्पताल लगिएको बताउनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

खबरपाटी
खबरपाटी