सुनको मूल्य एकैदिन सात हजारले बढ्यो, दुई लाख ५८ हजारमा कारोबार

सुनको मूल्य एकैदिन सात हजारले बढ्यो, दुई लाख ५८ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला सात हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी