प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक सम्पन्न

बैठकमा देशको वर्तमान सुरक्षा अवस्थासम्बन्धी विषयमा विस्तृत छलफल

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बस्यो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सम्पन्न भएको हो।

बैठकमा देशको वर्तमान सुरक्षा अवस्थासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ।

बैठकमा प्रधानमन्त्री कार्कीका साथै सुरक्षा निकायका प्रमुख अधिकारीहरू र सम्बन्धित उच्च अधिकारीको सहभागिता रहेको थियो।

खबरपाटी
खबरपाटी