नेपालमा सुनको मूल्य लगातार बढ्दै, प्रतितोला २ लाख ५ हजार ३ सय नाघ्दै

नेपालमा सुनको मूल्य लगातार बढ्दै, प्रतितोला २ लाख ५ हजार ३ सय नाघ्दै

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य दिनदिनै उकालो लागिरहेको छ। नेपालमा पहिलो पटक सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ पार गरेयता सुनको भाउमा लगातार नयाँ रेकर्ड बनिरहेका छन्।


शुक्रबार प्रतितोला २ लाख ६ सय पुगेको सुन आइतबार ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएको थियो। त्यसभन्दा दुई दिनमै सोमबार पुनः २ हजारले बढ्दै सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २४२५ रहेको चाँदी सोमबार २४७० रुपैयाँ पुगेको छ।

खबरपाटी
खबरपाटी