इन्डोनेसियाको सुलावेसीमा ६ रेक्रटको भूकम्प

इन्डोनेसियाको सुलावेसीमा ६ रेक्रटको भूकम्प

काठमाडौं । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सी मा आइतबार ६.० रेक्टर स्केलको भूकम्प गएको छ । देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार, भूकम्पबाट २९ जना घाइते भएका छन् ।

मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायका अनुसार, जकार्ता समय अनुसार बिहान ५ः३८ बजे गएको यो भूकम्पको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटरको गहिराइमा थियो ।


पोसो पेसिसिर जिल्लामा शक्तिशाली महसुस गरिएको यो भूकम्प १५ सेकेन्डसम्म चलेको थियो, जसले धेरै बासिन्दालाई घर बाहिर निस्कन बाध्य बनाएको थियो । भूकम्पले मसानी, टोकोरोन्डो, टोउ, पिनेडापा, ताङ्कुरा र लापेजस्ता गाउँहरूलाई पनि प्रभावित पारेको छ ।
 

खबरपाटी
खबरपाटी