इजरायलले गाजामा आक्रमण तीव्र पार्‍यो, अल अहली अस्पतालमा सात जना मारिए

इजरायलले गाजामा आक्रमण तीव्र पार्‍यो, अल अहली अस्पतालमा सात जना मारिए

इजरायली सेनाले गाजा सिटीस्थित अल अहली अस्पतालमा बम आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । इजरायलले गाजाको उत्तरी भाग कब्जा गर्ने योजना अघि बढाइरहेका बेला यो आक्रमण गरेको हो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली नाकाबन्दी र भोकमरीका कारण ११ जनाको मृत्यु भएको छ, जससँगै यसरी ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । तीमध्ये १०८ जना बालबालिका रहेका छन् ।

यसैबीच, तेल अभिभमा १०औँ हजार इजरायलीहरूले प्रदर्शन गर्दै गाजामा भइरहेको युद्ध अन्त्य गर्न र हमासद्वारा कब्जामा रहेका मानिसहरूको रिहाइको माग गरेका छन् । उता, अल जजिराका पत्रकारहरूको हत्याको विरोधमा संसारभर विरोध प्रदर्शन भइरहेका छन् ।

इजरायलको गाजामाथिको युद्धले अहिलेसम्म ६१,८२७ जनाको ज्यान लिएको छ र १,५५,२७५ जना घाइते भएका छन् । अर्कातर्फ, हामासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणमा १,१३९ जनाको मृत्यु भएको थियो । २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

खबरपाटी
खबरपाटी